आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप

    प्रकाशित २०८० भाद्र २५, सोमबार (८ महिना अघि)


काठमाडौँ। क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ।

पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ।

कालीमाटीस्थित महिला सेल पुगेका पीडित पक्षले सोमबार रितपूर्वक निवेदन लिएर आउने बताएका थिए। जनजाति समुदायकी एक युवतिले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।

प्रहरीले रितपूर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने जनाएको छ। परिसरका प्रवक्ताले एसपी कुमोद ढुंगेलले आफूले पनि सो विषय हल्का जानकारी पाएको तर निवेदन दर्ता नभएको बताए।

Write your Comment