आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

दोषीलाई कारबाहीको माग गर्दै हुप्सेकोट गाँउपालिका कर्मचारीद्धारा पेन डाउनको घोषणा

    प्रकाशित २०८० भाद्र २१, बिहिबार (१ साल अघि)


हुप्सेकोट । हुप्सेकोट गाउँपालिकामा नगर प्रहरी माथि आक्रमण गर्ने दोषीलाई कारबाही माग गर्दै गाउँपालिकाका कर्मचारीले पेन डाउन गरेका छन् । बिहिबार कर्मचारीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नदिजन्य पदार्थ चोरी निकासी नियन्त्रण अनुगमन कार्यमा संलग्न गाँउपालिकामा कार्यरत कर्मचारीलाई सख्त घाईते बनाउने दोषीलाई समयमै पहिचान गरी आवश्यक कारबाही अघि बढाउन माग गरेका छन् ।

घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई दबाब दिदै कर्मचारीले भदौ २१ र २२ गते १२ बजेदेखि १ बजेसम्म पेन डाउन गरिएको जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तेै गाँउपालिका,वडा कार्यालय तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । डियुटीमा खटिएकी नगर प्रहरीलाई थप उपचारका लागि काठमाडौँ पठाईएको छ ।

Write your Comment