आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

भारतविरुद्ध नेपालले प्रहार गर्ने प्रत्येक छक्काबापत एक लाख दिने अर्ना बियरको घोषणा

    प्रकाशित २०८० भाद्र १८, सोमबार (८ महिना अघि)


काठमाडौं । यती ब्रेवेरीको उत्पादन अर्ना बियरले एसिया कप–२०२३ अन्तर्गत आज (सोमबार) भारतविरुद्धको नेपाली खेलाडीले प्रहार गरेको हरेक छक्काबापत टिमलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख रुपैयाँ दिने जनाएको हो । यस्तै, अर्नाले प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

एसिया कपको समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुने छ ।

यसअघि नेपाल प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारतले भने पाकिस्तानविरुद्धको खेल वर्षाले सम्भव नभएपछि अंक बाँडेको थियो ।

Write your Comment