आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

अनेरास्ववियु मध्यविन्दुको अध्यक्षमा विपुल

    प्रकाशित २०८० भाद्र १७, आईतबार (८ महिना अघि)


चोरमारा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मध्यविन्दु नगर कमिटीको अध्यक्षमा विपुल अर्याल सर्वसम्मत निर्वाचित हुनु भएको छ । शनिबार भएको नगर अधिवेशनबाट अर्याल नेतृत्वको ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको हो ।

नवनिर्वाचित नगर कमिटीको उपाध्यक्षमा टेक बहादुर खाम्चा, सचिवमा गोपाल महतो, सहसचिवमा प्रशंसा महतो र कोषाध्यक्षमा अंकिता बसेल रहनु भएको छ । नगर अधिवेशनबाट रुपा थनेत, दिनेश महतो, सुमन कुँवर, इश्वर महतो, रुविन पराजुली, सरोज न्यौपाने, रुपेश गुरुङ, साहिद खान, आशिका शाही ठकुरी, नितु पाठक, पुजा परियार, आदिती कण्डेल, सम्झना सेन, दिपेश सोती मगर, विकास सोती मगर, गंगा सुनार, अंकित चौधरी, सुमित पंगेनी, प्रवेश खनाल, समिर कुमाल, अविनाश चौधरी, आगमन गहतराज, दिपक सारु मगर, समिर घर्ति र समिर चौधरी सदस्यमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

नगर अधिवेशनको उद्घाट शत्रमा प्रमुख वक्ता नेकपा एमाले जिल्ला सचिव भिमलाल अधिकारीले विद्यार्थीहरुको नेता संगठनको रुपमा रहेको अनेरास्ववियुले आम जनताको पक्षमा क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । मध्यविन्दु नगरपालिकाको विभिन्न वडाबाट सहभागी विद्यार्थीहरुलाई पार्टीबाट सम्पादन भएको विभिन्न कार्यहरुको प्रचारप्रसार गर्न र आम जनता सम्म पुर्याउन समेत उहाँले अनुरोध गर्नु भएको थियो । कार्यक्रम अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजक सुरज सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो । अधिवेशनको बन्द शत्रमा अनेरास्ववियु नवलपुर संयोजक विष्णु पौडेलको संयोजकत्वमा अध्यक्ष मण्डल चयन भएको थियो । उक्त अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

Write your Comment