आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित

    प्रकाशित २०८० भाद्र १४, बिहिबार (८ महिना अघि)


नवलपुर।एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोली पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३ दशमलव ४ ओभरमा १० विकेट गुमाए १०४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २/२ विकेट लिए ।

यसअघि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै मोहम्मद रिजवान ४४ रनमा आउट भए । बलिङतर्फ नेपालका सोमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए । अब नेपालले आउँदो सोमवार भारतसँग श्रीलङ्कामा खेल्नेछ ।

Write your Comment