आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ११ मा ग्रामीण सडक सुरक्षा कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० भाद्र ११, सोमबार (११ महिना अघि)


देवचुली । ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ देवचुली ११ धारापानी चोकमा ग्रामीण सडक सुरक्षा कार्यक्रम सम्पन्न भएको छ। सहरी क्षेत्रमा चल्ने सवारीले कागजपत्र तथा सवारी ठिक अवस्थामा राख्ने गरेको भएपनि ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नरहँदा त्यसमा लापरबाही गरिएको हुनसक्ने भएकोले दुर्घटना न्यूनीकरण यो कार्यक्रम अभियानको रुपमा नै सञ्चालन गरिएको ट्राफिक प्रहरी पोष्ट रजहरका प्रहरी नायब निरीक्षक रामबहादुर मगरांतीले जानकारी दिनुभयो ।

देवचुली नगरपालिकाका प्रवक्ता एवं वडा न ११ का वडा अध्यक्ष तिलप्रसाद काफ्लेको अध्यक्षता भएको कार्यक्रममा ग्रामीण सडक व्यवस्थापनमा जनताको सहभागिता र संलग्नता साथै ट्राफिक सचेतना लगायतका विषयमा प्रहरी नायब निरीक्षक मगरांतीले सहजीकरण गर्नुभएको थियो।समुदायमा ग्रामीण सडकको सुरक्षाका विषयमा जानकारी गराउन टोल विकास संस्थाका प्रतिनिधि, समाजसेवी, सवारी चालक तथा स्थानीयको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको देवचुली ११ का वडा सदस्य डम्बर सिंजालीले बताउनुभयो।

कार्यक्रमबाट ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक/सवारी सुरक्षा थप मजबुत हुने, जनधनको क्षति न्यूनीकरण हुने, ट्राफिक प्रहरी र सवारी चालक-परिचालकहरूमा मित्रवत् भावनाको विकास हुने, ग्रामीण सडक सुरक्षा प्रभावकारी हुने लगायतका प्रतिफलहरू प्राप्त हुने विश्वास लिइएको मगरांतीले बताउनुभयो ।

कार्यक्रममा नगर प्रवक्ता काफ्लेले कार्यक्रमबाट सरोकारवालामा ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक तथा सवारी सुरक्षा बलियो हुने, जनधनको क्षति न्यूनीकरण गर्ने, ट्राफिक प्रहरी, सवारी चालक तथा परिचालकहरूमा मित्रवत् भावनाको विकास हुने एवम् ग्रामीण सडक सुरक्षा प्रभावकारी हुने बताउनुभयो । ट्राफिक प्रहरीले अभियानको बेलामा मात्र नभई अन्य समयमा पनि स्थानीयहरुलाई ट्राफिक सचेतनाका कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो ।उहाँले वडामा कार्यक्रम संचालन गरेकोमा ट्राफिक प्रहरी कार्यालयलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।

Write your Comment