आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुलीका किसानहरूद्वारा आफ्ना समस्याहरुको बारेमा रास्वपाका अध्यक्ष रवि लामिछानेको ध्यानाकर्षण

    प्रकाशित २०८० भाद्र १०, आईतबार (१ साल अघि)


देवचुली।देवचुलीका किसानहरूले किसानका समस्याहरुका बारेमा संसदमा आवाज उठाई कानुन बनाउनुपर्ने लगायतका विषयमा रास्वपाका अध्यक्ष रवि लामिछाने समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
देवचुली गाई पालन कृषक समुहका अध्यक्ष टेकनाथ शर्मा सुबेदीको नेतृत्व गएको टोलीले अध्यक्ष लामिछानेलाई भरतपुरमा रहेको सचिवालयमा भेटी ज्ञापन पत्र बुझाएका हुन् ।

चितवन २ बाट प्रतिनिधि सभाका सांसद समेत रहेका लामिछानेलाई भेटी हाल देशमा अवैध रुपमा अन्य देशबाट कच्चा दूध र पाउडर भित्री रहेकाले कृषकहरु मारमा परेको र कृषि व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएकाले संसदमा आवाज उठाउनका लागि किसानहरूले माग गरेका छन् । अवैध रुपमा भित्रिएको दुधले मूल्य नपाई व्यवसायका लागि बैक तथा वितीय संस्थाबाट लिएको ऋण भुक्तानी गर्न नसकी आत्महत्या सम्मको बाटो समात्न बाध्य पारिएकाले तत्कालै यस विषयमा संसदमा छ्लफल चलाई कानुन बनाउनका लागि किसानहरुले माग गरेका छन् ।

दुधको खरिद कर्ताहरुले दुधको मुल्यमा मनपरी गर्ने गरेको,कृषकले उत्पादित दुधको बजारको व्यवस्था सहज रुपमा नभएको,पशु आहारमा अत्याधिक मूल्य वृद्धि भएको,बैंक तथा वित्तीय संस्थाहरूले दिदै आएको सहुलियत कर्जामा अत्याधिक ब्याजदर वृद्धि गरेको,अवैध कृषकको पहिचान नहुँदा वास्तविक किसान मारमा परेको लगायतका गुनासा उनीहरुले लामिछाने समक्ष राखेका थिए।

भेटमा रास्वपाका अध्यक्ष रवि लामिछानेले किसानहरूको आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। सडकदेखि सदनसम्म किसानहरूसँगै रास्वपा रहेको बताउँदै लामिछानेले आजदेखि नै किसानहरुको समस्याका विषयमा सरोकारवालासँग छ्लफल गरि समाधानका लागि पहल गर्ने बताए ।

Write your Comment