आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको महासचिवमा तिलोत्तम पौडेल निर्वाचित

    प्रकाशित २०८० भाद्र ९, शनिबार (८ महिना अघि)


देवचुली। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप)को महासचिवमा अधिकारकर्मी तिलोत्तम पौडेल निर्वाचित भएका छन् ।सिजोपको ७ औं अधिवेशनबाट जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्षसमेत रहेका पौडेल महासचिवमा निर्वाचित भएका हुन् ।

२०४८ सालमा बाल क्लबबाट बाल अधिकारको बारेमा आवाज उठाउँदै आएका पौडेलले नेपालमा बाल क्लबलाई संस्थाको कानुनी मान्यता दिलाउन सफल भएका थिए।पौडेलको नेतृत्वमा रहेको नेपालको पहिलो बाल क्लब जागृति बाल क्लबलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीमा २०६४ सालमा दर्ता गर्न सफल भएका थिए। पौडेल आयोन, युनाइटेड नेटवर्क फर योङ पिस विल्डर, एन.सि.पि.ए., बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बालिका अधिकारका लागि राष्ट्रिय मञ्च, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, राष्ट्रिय युवा परिषद् लगायतका संघसंस्था सञ्जालहरुमा आबद्ध भई काम गरिसकेका छन् ।पौडेल सशस्त्र द्वन्दको बेलामा रोल्पा र सल्यानमा समेत रही बाल अधिकारको लागि काम गरेका थिए।


२१ वर्ष अघि स्थापना भएको सिजोपको ७ औं अधिवेशनबाट मीना शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको २ वर्ष पदावधि रहनेछ।

Write your Comment