आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

देवचुली नगर युवा तथा खेलकुद विकास समितिको अध्यक्षमा चन्द्रबहादुर थापा चयन

    प्रकाशित २०८० भाद्र ८, शुक्रबार (८ महिना अघि)


देवचुली। देवचुली नगरपालिकाले चन्द्रबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय नगर युवा तथा खेलकुद विकास समिति गठन गरेको छ। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको ऐन २०८० कार्यान्वयनमा आएसँगै समिति गठन गरिएको हो ।ऐनअनुसार देवचुली नगरपालिकाको कार्यपालिका बैंठकबाट समितिको निर्णय गरिएको हो।

जसको उपाध्यक्षमा अमरबहादुर घर्ती, सचिवमा प्रकाश काफ्ले,सदस्यहरुमा अनुपलाल श्रेष्ठ, विदारीलाल तामाङ्ग,अशोक अधिकारी,बेलबहादुर बिक,मधुकर सुबेदी,दुर्गा पौडेल,जानुका थापा,चिरञ्जीवी पाण्डे,ढुण्डिराज केसी,राजेन्द्रबहादुर परियार रहेका छन् । त्यस्तै नगर प्रहरी व्यवस्थापन प्रमुख र शिक्षा शाखा अधिकृत पदेन सदस्य रहने व्यवस्था ऐनमा रहेको छ। समितिले नगर भित्र युवाहरुको सशक्तीकरण तथा खेलकुदका गतिविधि संचालन गर्नेछ। नव गठित समितिको पदावधि ३ वर्षको रहनेछ।

Write your Comment