आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

कावासोती १७ मा किशोरकिशोरीहरुलाई सामाजिक तथा व्यवहार परिवर्तन सम्बन्धि अभिमुखीकरण

    प्रकाशित २०८० भाद्र ७, बिहिबार (१ साल अघि)


कावासोती ।कावासोती नगरपालिका वडा नम्बर १७ मा किशोरकिशोरीहरुलाई सामाजिक तथा व्यवहार परिवर्तन सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ।क्यान्नलान स्विजरल्याण्डको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, कावासोती वडा नं १७ को कार्यालय,नवलपुर किशोरी संजाल र विद्यालयको समन्वयमा सरस्वती माध्यमिक विद्यालयमा बुधबार अभिमुखीकरण गरिएको हो।

कार्यक्रममा राधा बोटेले कावासोती नगरपालिकामा संस्थाद्वारा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भईरहेका गतिविधिहरु, कार्यक्रम गर्नुको उदेश्य र विषयवस्तुको बारेमा जानकारी दिनु भएको थियो ।

विद्यालय बाल क्लवका अध्यक्ष शुसिला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय बाल क्लबका सम्पर्क शिक्षक राधिका ढुंगाना शर्माको प्रमुख अतिथ्यतामा रहेको थियो। सो कार्यक्रममा शिक्षकहरु, विद्यालय बालक्लवका प्रतिनिधिहरु, विद्यालय जुनियर रेडक्रस कमिटीका यप्रतिनिधिहरु, विद्यालय इको क्लबका प्रतिनिधिहरु, विद्यालयमा अध्ययनरत अन्य किशोरकिशोरीहरु, साथी शिक्षकहरु र संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरुलाई सहजकर्ताहरुले सकारात्मक प्रभावकारी तरिकाले कसरी र कुन ढंगले कुराकानी र संचार गर्ने, राम्रो संचारका लागि के, कहिले, किन, कहाँ, कुन र कसरी भन्ने जस्ता विषयमा पनि ध्यान दिन आवश्यक पर्ने बारे जानकारी दिइएको थियो ।

कार्यक्रममा सहभागी किशोरी किशोरीहरुलाई पाँच समुहमा विभाजन गरि सामुहिक कार्य दिइएको थियो । किशोर किशोरीले समाजमा भएका समस्याहरु जस्तै: महिला हिंसा, बाल विवाह, जातिय छुवाछूत, दाइजो प्रथा र चेलीबेटी बेचविखन जस्ता विषयमा नाटकीय तरिकाले नमुनाको रुपमा समस्या र सामाधान झल्काउने दृश्यहरु प्रस्तुतीकरण गरेका थिए।किशोरी अभियन्ता सविना पाण्डे र ओमकला बोटेले कार्यक्रममा विषयवस्तु माथि प्रकाश पार्दै सहजीकरण गरेका थिए ।

Write your Comment