आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

देवचुलीमा संचालित अन्डर- १७ फुटबल प्रतियोगिताको उपाधि सालघारी युवा क्लबलाई

    प्रकाशित २०८० भाद्र ५, मंगलबार (८ महिना अघि)


देवचुली। देवचुली १० मा संचालन भएको अन्डर- १७ फुटबल प्रतियोगिताको उपाधि सालघारी युवा क्लबले जितेको छ।देवचुली १० मा रहेको धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा संचालन भएको प्रतियोगिताको फाइनल खेलमा आयोजकलाई २-१ गोल अन्तरले हराउँदै सालघारीले उपाधिको रक्षा गर्न सफल भएको हो।

प्रतियोगितामा उपाधि बिजेता सालघारी युवा क्लबले नगद ८ हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता आयोजकले नगद ५ हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा हिमांसु घर्ती मगर म्यान अफ दि टुनामेन्ट र नारायण तिवारी सर्वोकृष्ट गोलरक्षक भएका थिए। नवलपुर र चितवनका १७ वटा टिमको सहभागितामा साउन २१ गतेबाट प्रतियोगिता संचालन भएको हो।

आयोजक क्लबका अध्यक्ष भीम सुबेदीको अध्यक्षतामा भएको फाइनल तथा समापन खेलमा देवचुली १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो। प्रतियोगितामा बिजेता उपबिजेताहरुलाई वडा अध्यक्ष घर्ती मगरले पुरस्कार वितरण गर्नुभएको थियो।

Write your Comment