आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

नवलपुरमा १८४औं विश्व फोटोग्राफी दिवसको अवसरमा प्रभातफेरि

    प्रकाशित २०८० भाद्र २, शनिबार (१ साल अघि)


कावासोती। १८४ औं विश्व फोटोग्राफी दिवस-२०२३ को अवसरमा पूर्वी नवलपरासीमा प्रभातफेरी कार्यक्रम गरी मनाईएको छ ।सन् १८३९ अगष्ट १९ मा तत्कालिन फ्रान्सेली सरकारले फोटोग्राफी विधालाई पहिलो पटक मान्यता दिएको ऐतिहासिक दिनको सम्झनामा विश्व फोटोग्राफी दिवस मनाउन थालिएको हो ।

नेपाल फोटो पत्रकार महासंघ नवलपुर र नवलपुर फोटोग्राफर संघको संयुक्त आयोजनामा प्रभातफेरि गरिएको हो । प्रभातफेरि कावासोती फलफुल चोकबाट शुरु भएर विपि चोक, थाना चोक हुँदै पुन फलफुल चोकमा आएर कोणसभामा गरिएको थियो । सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले एउटा फोटोबाट एक हजार शब्दहरु झल्कने हुँदा फोटोको महत्व बढेको बताउनुभयो । फोटोले त्यस क्षेत्रको विकास समेत झल्किन्छ । हिजोका दिनमा नेगेटिभबाट सुरु भएको फोटोग्राफी अहिले आएर डिजिटलमा परिवर्तन हुँदा फोटोग्राफी सहज हुँदै गएको प्रमुख अतिथी पराजुलीले बताउनुभएको थियो।

त्यसै गरि नेपाल प्रेश युनियनका केन्द्रिय सदस्य घनश्याम बगालेले फोटोग्राफी विधाले मानव समाजलाई पुर्‍याएका योगदानलाई सम्झाउन पनि यो दिवस मनाउन आवश्यक रहेका बताउनुभयो ।वर्तमान विश्वमा मानव जीवनको विविध क्षेत्रमा फोटोग्राफीको बढ्दो प्रयोगले यसको महत्व बढाउदै गएको छ ।

नवलपुर फोटोग्राफर संघका अध्यक्ष दिपेन्द्र बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ नवलपुरका अध्यक्ष नविन पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका सदस्य एवं संचारकर्मी सहित नवलपुर फोटोग्राफर संघमा आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।

Write your Comment