आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023 Search
FLASH NEWS

पद्मश्री साहित्यिक पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक

    प्रकाशित २०८० भाद्र २, शनिबार (३ महिना अघि)

काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूचि सार्वजनिक भएको छ ।उत्कृष्ट पाँच पुस्तकमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, डा. देवीप्रसाद सुवेदीको मनु,प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य छन् ।

दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए । अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ । यो पुरस्कार वि.सं.२०६३ देखि प्रदान गर्न थालिएको हो ।

Write your Comment