आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्कियो

    प्रकाशित २०८० श्रावण ३१, बुधबार (९ महिना अघि)


चितवन । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा त्रासदीपूर्ण सवारी दुर्घटना भएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक-आपसमा ठोक्किएको हो । ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी नै छ ।

Write your Comment