आज:  २०८१ कार्तिक २५, आईतबार | Sun, 10, Nov, 2024 Search
FLASH NEWS

अमर ज्योति सामुदायिक वनमा रोपियो अम्रिसो र उन्नत जातका बाँसको बिरुवा

    प्रकाशित २०८० श्रावण २३, मंगलबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा रहेको अमर ज्योति सामुदायिक वनमा अम्रिसो र उन्नत जातको बाँसको बिरुवा रोपिएको छ। वनद्वारा ५ हजार थान अम्रिसो र १५० थान उन्नत जातको बाँसको बिरुवा रोपिएको हो।

वनको कार्यक्षेत्र भित्र पर्ने खाली जमिन र प्राकृतिक प्रकोपले क्षति पुर्‍याउने सम्भावना भएको स्थलहरुको संरक्षण साथै भूक्षय नियन्त्रणका बिरुवा रोपिएको अमर ज्योति सामुदायिक वनका अध्यक्ष टुकलाल रुचालले जानकारी दिनुभयो । वनलाई वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण परियोजनाबाट बिरुवाहरु उपलब्ध भएको हो।

वृक्षारोपणमा डिभिजन वन कार्यलय कावासोती कबुलियत वनका सुपर भाइजर तुल बहादुर राना , देवचुली ४ का वडा अध्यक्ष गिर बहादुर थापा क्षेत्री सहित वडाका जनप्रतिनिधिहरू , सामुदायिक वनका कार्य समिति तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

अमर ज्योति सामुदायिक वनको कार्यक्षेत्र भित्र देवचुली १,२,४ र ५ वडा रहेका छन् । वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण परियोजना अन्तरगत अमर ज्योति सामुदायिक वनमा दुनाटपरी उद्यमी समूह र अदुवा बेसार उत्पादन तथा प्रशोधन उद्यमी समूहहरू सक्रिय भई काम गरिरहेका छन् ।

Write your Comment