आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024 Search
FLASH NEWS

पहिरो खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध

    प्रकाशित २०८० श्रावण २३, मंगलबार (९ महिना अघि)


बुटवल। पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो झरेपछि पाल्पा हुंदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुंदै विभिन्न जिल्ला जाने सवारी साधनहरु बीचमै रोकिएका दोभान प्रहरी चौकीले जनाएको छ ।

सो ठाउंमा साउनको पहिलो सातादेखि पटक पटक पहिरो खस्दा सुरुङमार्गको प्रवेश बिन्दु सुरक्षित बनाउने संरचना रिब पोर्टलमा समेत क्षति पुराएको छ ।पहिरोसंगै ठूला ठूला ढुंगाहरु सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

Write your Comment