आज:  २०८१ आश्विन २१, सोमबार | Mon, 07, Oct, 2024 Search
FLASH NEWS

भगवती पाण्डेको अभिव्यक्तिप्रति नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको विरोध

    प्रकाशित २०८० श्रावण २२, सोमबार (१ साल अघि)


कावासोती।अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिको विरुद्धमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले विरोध जनाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत भगवती पाण्डेको अभिव्यक्ति प्रति नेपाल सरकारले कानुनी कारवाही गर्नुपर्नै माग गदै गृह मन्त्रालयलाइ पत्र बुझाएको हो । विपक्षी भगवती पाण्डेको अधिवक्ताको अनुमती पत्र खारेज हुनुपर्ने , अन्तर्राष्ट्रिय समुदायको कालो सुचीमा राख्नुपर्ने महासंघको माग छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्वर ११ बस्ने शितल भनिने अधिवक्ता भगवती पाण्डे ले गत साउन ७ गते प्राइम टेलिभिजनमा दिक्पाल कार्कीद्धारा सञ्चालित चिया गफ कार्यक्रममा पाण्डेले तामाङ र मगर जातिमा दाजुबहिनी बिचमा विवाह हुने गरेको आरोप लगाएको थियो । त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुने गरेको बताएका थिए । सोही विषयलाई लिएर नेपाल आदिवासी जनजाति नवलपुर ,नेपाल तामाङ घेदूंग , नेपाल मगर संघ लगायत जातिय संघको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय नवलपुरमा १ घण्टा धर्ना कार्यक्रम सहित ज्ञापन पत्र बुझाएको हो ।

कावासोती २ देवी चोक देखि जिल्लाका विभिन्न जातिय प्रतिनिधिहरुको सहभागितामा वृहत र्‍याली सहित विपक्षी भगवती पाण्डे मुर्दावाद , कारवाही गर जस्ता नारा लगाएर सिंगो आदिवासी जनजातीहरुले धर्ना दिएका हुन । धर्ना सहितको कोणसभा कार्यक्रममा नेपाल आदिवसाीि जनजाति महासंघ नवलपुर अध्यक्ष राम कुमार श्रेष्ठ , नेपाल तामाङ घेदुंग नवलपुर अध्यक्ष बावुलाल तामाङ , जिल्ला मगर संघ अध्यक्ष भुम बहादुर राई , थारु कल्याणकारी सभा अध्यक्ष राम प्रसाद महत्तो , तमु ह्युल छोज धि जिल्ला अध्यक्ष जगतकाजी गुरुंग लगायतले धारणा व्यक्त गर्नुभएको थियो।

बोल्ने वक्ताहरूले सिंगो तामाङ ,मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनिक अभ्यास माथि गलत ढंगले ब्यख्या गर्नुका साथै आनुवंशिक रुपमा नै अपराधिककरण गर्ने र मान्छेलाई जनावर संग तुलना गरि दिएको कपोकल्पीत ,भ्रामक र तथ्यहिन अभिब्यक्तिले सिंगो आत्मसम्मान र प्रतिष्ठामा गम्भिर चोट पुगेको बताएका थिए ।

पाण्डेलाई गलत अभिब्यक्ति सच्याउन पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि गत साउन ९ गते आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता गरेको थियो । सो उजुरी दर्ता भएको लामो समय बितिसक्दा समेत निजलाई पक्राउ नगरेपछि प्रहरी परिसर टेकुमा नेपाल तामाङ घेदुंग र नेपाल मगर संघले प्रहरी कार्यालय घेराउ गर्ने भने पछि साउन १७ गते बिहान मात्र अभियुक्त भगवती पाण्डेलाई पक्राउ गरेको बताएका थिए । तर त्यसको जानकारी समयमा नपाउदा घोषित १ घण्टे धर्ना कार्यक्रमलाई शान्तिपुण ढंगले सम्पन्न गर्ने क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरि तिन दर्जन बढीलाई पक्राउ गर्नुका साथै पुरुष प्रहरीले महिला माथि कुटपिट गरि अमानवीय व्यवहार प्रर्दशन गरेको सहभागिहरुको गुनासो छ । यसर्थ उक्क्त दिनको ड्युटीको आधारमा पहिचान गरि निजलाई उक्त ऐन बमोजिम हदै सम्मको सजाय एवम् विभागीय सजायको लागि आवश्यक आदेश तथा निर्देशन जारी गर्न महासंघले माग गरेको छ ।

Write your Comment