आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

‘मोबाइल क्लिनिक’ सेवा जारी रहने छ : रवि लामिछाने

    प्रकाशित २०८० श्रावण २१, आईतबार (९ महिना अघि)


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताएका छन् । मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने लामिछानले बताएका हुन् ।

‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ,’ उनले लेखेका छन् ।

६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै २ वटा मोबाइल क्लिनिक सेवा सञ्चालनमा ल्याउने उनले बताए । ब्लु बसमा पनि कुनै समस्या नभएको उनको दाबी छ । लामिछानेले महिलाहरूका लागि निःशुल्क सञ्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ ।

‘मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंक र ….हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं,’ उनले भनेका छन् ।

Write your Comment