आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

तेक्वान्दोमा ब्ल्याक वेल्ट प्राप्त गर्ने अमरका २० विद्यार्थीलाई प्रमाणपत्र

    प्रकाशित २०८० श्रावण १६, मंगलबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिका वडा नम्बर १६ मा रहेको अमर इङ्गलिस स्कुलका २० जना विद्यार्थीले तेक्वान्दो खेलमा ब्ल्याक वेल्ट जितेका छन् ।

केही समय अघि विद्यालयमा सम्पन्न तेक्वान्दोको छनोट खेलमा अमर इङ्गलिस स्कुलका २० जना विद्यार्थीले ब्ल्याक वेल्ट प्राप्त गर्न सफल भएका थिए । ब्ल्याक बेल्ट जित्न सफल भएका विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच दक्षिण कोरियाबाट प्रदान गरिएको प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षता एवम् शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रुद्र शर्माको प्रमुख आतिथ्यमा रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले खेलले मानिसलाई अनुशासित, गतिशिल र चेतनशिल बनाउने बताउनुभयो । उहाँका अनुसार विद्यालयले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा सहयोग गरेको र अझै उदाहरणीय काम गर्न आग्रह गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक पदम बरालले विद्यार्थीहरुलाई खेलकुदमा आकर्षक गर्नका लागि विभिन्न प्रतियोगिता संचालन गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा देवचुली नगरपालिकाका कार्यपालिका सदस्य जानकी लामिछाने,राष्ट्रिय तेक्वान्दो संघ नवलपुरका अध्यक्ष इन्द्र लामा,जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्मा,जिल्ला खेलकुद विकास समितिका सदस्य राजु चापागाई,राष्ट्रिय तेक्वान्दो संघ नवलपुरका कोषाध्यक्ष तेजबहादुर कुँवर, अमर बाल क्लबका अध्यक्ष रिवाज भुजेल,विद्यालतका प्रधानाध्यापक पदम बराल,प्रबन्ध निर्देशक द्रौपदी बराल लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

यस्तै विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

Write your Comment