आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024 Search
FLASH NEWS

तिनाउ नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह

    प्रकाशित २०८० श्रावण ९, मंगलबार (९ महिना अघि)


रुपन्देही।रुपन्देही, चितवन, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ।भारी वर्षाका कारण तिनाउ र दानव नदीमा बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान बिहान सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतह खतरा तह भन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ।

बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।तिनाउमा बाढी आएपछि तिनाउ आसपासका बासिन्दा अहिले घर बाहिर निस्केका छन्।

 

Write your Comment