आज:  २०८१ कार्तिक २५, आईतबार | Sun, 10, Nov, 2024 Search
FLASH NEWS

कावासाेती नगरपालिकामा अब वडाबाटै याेजना सम्झौता

    प्रकाशित २०८० श्रावण ५, शुक्रबार (१ साल अघि)


कावासाेती । नवलपुरकाे कावासाेती नगरपालिकाले याेजना सम्झौता वडाबाट नै गर्ने भएको छ। नगरपालिका भित्र उपभोक्ता समिति मार्फत गरिने याेजनाहरुकाे सम्झौता वडाबाट नै गर्न लागिएको याेजना शाखाका प्रमुख दिनेश भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार उपभोक्ता समितिबाट संचालन हुने सबै याेजनाहरु अबदेखि वडाबाटै सम्झौता हुनेछन् । उपभोक्ता समितिबाट हुने याेजना सम्झौताका लागि नगरपालिका धाउनुपर्ने बाध्यता हटाउन यस्तो गर्न लागिएको उहाँले बताउनुभयो । सम्झौताकाे चरणमा नगरपालिका धाउनुपर्ने बाध्यता अब हट्ने र सहज रुपमा वडाबाट याेजना सम्झौता हुने शाखा प्रमुख भण्डारीले बताउनुभयो ।

उपभोक्तालाई सहजताका लागि नगरपालिकाले वडाबाट याेजना सम्झौताकाे काम अघि बढाएको उहाँले बताउनुभयो ।
अनलाइन सफ्टवेयर मार्फत उपभोक्ता मार्फत हुने सबै काम वडामा सम्झौता हुनेछन् ।वडाबाटै सबै कामसकेपछि भुक्तानीकाे चरणमा एक पटक मात्रै नगरपालिका आए हुने शाखा प्रमुख भण्डारीले बताउनुभयो ।

याेजना सम्झौता नगर भित्रका सबै वडामा हुनेछन् । कार्यक्रम कार्यान्वयन पूर्व वडाका जनप्रतिनिधि र वडा सचिव लाई याेजना सफ्टवेयर संचालन सम्बन्धी तालिम समेत प्रदान गरिएको छ।
तालिमकाे समापन कार्यक्रममा बाेल्दै नगर उप प्रमुख फुलकुमारी थनेतले उपभोक्ता समितिमा बस्नेहरुलाई काम सहज गराउन नगरपालिकाले वडाबाट याेजना सम्झौता अघि बढाएको बताउनुभयो । नगरपालिकाबाट प्रदान गरिने सेवालाई सेवाग्राही मैत्री ,सरल रुपमा प्रदान गर्ने उदेश्य अनुसार नगरपालिका अघि बढेको उहाँले बताउनुभयो ।

Write your Comment