आज:  २०८१ कार्तिक २३, शुक्रबार | Fri, 08, Nov, 2024 Search
FLASH NEWS

लक्ष्मीनारायण मन्दिर तथा वृद्धाश्रमलाई खाद्यान्न वितरण

    प्रकाशित २०८० अषाढ २९, शुक्रबार (१ साल अघि)


नवलपुर। कावासोती १२ स्थित लक्ष्मीनारायण मन्दिर तथा वृद्धाश्रमलाई खाद्यान्न वितरण गरिएको छ। राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च ( मानव अधिकार एलाइन्स) को २४ औं स्थापना दिवसको अवसरमा नवलपुर जिल्ला शाखाले खाद्यान्न सहित आवश्यक सामग्रीहरु वितरण गरेको हो।

मानव अधिकार एलाइन्स नवलपुरले वृद्धाश्रमलाई चामल २ बोरा,दाल ५ किलो,आँटा १० किलो,चिनी ५ किलो,आलु ५ किलो,तेल १० लिटर,च्यापती १/२ किलो ,साबुन १ दर्जनलगायत सामाग्री सहयोग गरिएको अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

मानव अधिकार एलाइन्स नवलपुरको अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षता भएको वितरण कार्यक्रममा नेकपा एमाले नवलपुरका उप सचिव भिम कंडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेकपा एमाले नवलपुरका जिल्ला सदस्य भोजराज दाहाल,मानव अधिकार एलाइन्स नवलपुरका सचिव दिपक शर्मा, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद चापागाई,कोषाध्यक्ष केशर मानन्धर लगायतको उपस्थिति रहेको थियो। आश्रममा अहिले ११ जना आश्रित रहेका छन् ।

Write your Comment