आज:  २०८१ भाद्र २६, बुधबार | Wed, 11, Sep, 2024 Search
FLASH NEWS

एसईई नतिजामा नवलपुरमै उत्कृष्ट देवचुली माध्यमिक विद्यालय रजहर

    प्रकाशित २०८० अषाढ २३, शनिबार (१ साल अघि)


बिबेक भण्डारी ।देवचुली माध्यमिक विद्यालयको एसईई नतिजा उत्कृष्ट ल्याएको भन्दै विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रवार विद्यालयमा एक भव्य कार्यक्रम आयोजना गर्दै विद्यालयमा उत्कृष्ट अंक ल्याउने १ सय २५ जना विद्यार्थीहरुलाई सम्मानसंगै मायाको चिनो प्रदान गरेको हो । आयोजित सम्मान कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले देवचुली माविले एसईईमा ल्याएको परिणाम उत्कृष्ट भएको भन्दै विद्यालय तथा शिक्षकहरुलाई धन्यवाद तथा बधाई प्रदान गर्नुभयो ।

उहाँले एसईईको उत्कृष्टताको खुशीसंगै अब विद्यालय व्यवस्थापन समिति गठन गरेर थप खुशी साट्ने बताउनुभयो । देवचुली माध्यमिक विद्यालयबाट यस वर्ष १२५ जना विद्यार्थीहरु एसईईमा सहभागी भएका थिए त्यसमध्ये १९ जनाले ३.६ देखि ४ जीपीए, ३.२ देखि३.६ जीपीए ल्याउने ३२ जना र २.८ देखी ३.२ जिपीए ल्याउने ३० जना रहेका छन् । कुशल अधिकारीले ३.९२ ,रोमन खरेलले पनि सोही अंक प्राप्त गरि विद्यालय प्रथम बनेका छन । आयोजित कार्यक्रममा उत्कृष्ट मध्ये केहि विद्यार्थीहरुले विद्यालयमा अध्ययन गरेका र उत्कृष्ट अंक कसरी ल्याए भन्ने बारे जानकारी बोलेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले विद्यालयका शिक्षकको अधिक परिश्रम,लगावका कारण विद्यालयले उत्कृष्ट अंक ल्याएको बताउनुभयो ।विद्यालयले गरेको मिहिनतका कारण आफ्नो बालबालिकाहरुले उत्कृष्ट अंक ल्याएको विद्यार्थीका अभिभावकहरुले बताए ।

कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशवराज गौतम, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सुर्य न्यौपाने, शिक्षक अभिभावक संघ निवर्तमान अध्यक्ष दिपेन्द्र थापा लगायतको सहभागिता रहेको थियो । विद्यालयले उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगर परिक्रमा समेत गराएको थियो ।

Write your Comment