आज:  २०८२ बैशाख २१, आईतबार | Sun, 04, May, 2025 Search
FLASH NEWS

विश्व सेपाकताक्रो च्याम्पियनसिपमा भाग लिन देवचुलीका ५ जना खेलाडीसहित नेपाली टोली थाइल्यान्ड प्रस्थान

    प्रकाशित २०८० अषाढ २२, शुक्रबार (१ साल अघि)


देवचुली। विश्व सेपाकताक्रो च्याम्पियनसिपमा भाग लिन ११ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली थाइल्यान्ड प्रस्थान गरेको छ। जुलाई ९ देखि १६ तारिखसम्म थाइल्यान्डमा हुने ३६ औं किङ्स कपमा सहभागी हुन टोली शुक्रबार थाईल्यान्ड प्रस्थान गरेको हो।


टोलीमा २ जना महिला र ३ जना पुरुष खेलाडी देवचुली नगरपालिकाका छन् । सहभागी मध्ये निरु थापा मगर,प्रतीक्षा थनेत,विजय महतो,विपिन थनेत र पदमबहादुर थापा मगर देवचुलीबासीहरु हुन् । प्रतियोगितामा नेपालको तर्फबाट ६ पुरुष र ५ महिलाको सहभागिता रहेकोछ।प्रतियोगितामा खेलाडी बाहेक टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ,व्यवस्थापकमा नेसिर मास्के,टिम म्यानेजरमा नेपाल सेपाकताक्रो संघका उपाध्यक्ष शिवप्रसाद देवकोटा र डा. यामबहादुर गुरुङ , टिम कोचमा नेपाल सेपाकताक्रो संघ गण्डकी प्रदेश उपाध्यक्ष ढाकाराम भट्टराई र रेफ्रीमा संगिन थापा मगर रहेका छन् ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगितामा सहभागी हुने ११ खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाई गर्नुभएको छ। प्रतियोगितामा नेपालले पुरुष र महिला तर्फ क्वार्ड र रेगु इभेण्टमा सहभागिता जनाउनेछ।

Write your Comment