आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

बागलुङको ढोरपाटनमा चट्याङ लागेर दिदीभाइको मृत्यु

    प्रकाशित २०८० अषाढ १०, आईतबार (१ साल अघि)


बागलुङ । बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु भएको छ।

ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनका ६ वर्षीय छोरा दिनेश बिक र ९ वर्षीया छोरी सुनिता बिकको मृत्यु भएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

चट्याङले घरनजिकै बाँधेको एक भैँसीसमेत मरेको प्रनाउ केसीले बताए। घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले जानकारी दिए। रासस

Write your Comment