आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुलीकाे नीति तथा कार्यक्रम : `एक टाेल एक सामूहिक कृषि उत्पादन , एक वडा एक विशेष उत्पादन ´

    प्रकाशित २०८० अषाढ ८, शुक्रबार (१ साल अघि)


देवचुली।नवलपुरकाे देवचुली नगरपालिकाले कृषि उत्पादनलाई प्राथमिकता दिदै “एक टाेल एक सामूहिक कृषि उत्पादन ,एक वडा एक विशेष उत्पादन ” गर्ने नीति लिएको छ। आज दाेस्राे नगरसभाकाे तेस्रो अधिवेशनमा नगरकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नगर प्रमुख हरिप्रसाद न्याैपानेले एक टाेल एक सामूहिक कृषि उत्पादन , एक वडा एक विशेष उत्पादन “काे नीति लिदै शितगृह र कृषि भण्डार सहितको सुविधाजनक कृषि उपज संकलन तथा बिक्री वितरण केन्द्र स्थापना गर्ने बताउनुभयो ।

नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन विभिन्न तरकारी बालीको पकेट क्षेत्र स्थापना गरि व्यवसायिक उत्पादन गर्न जाेड दिइने नगर प्रमुख न्याैपानेले बताउनुभयो । नगरले ” एक घर ,एक करेसाबारी” अभियान समेत संचालन गर्ने नीति लिइने उहाँले बताउनुभयो ।

युवाहरुलाई व्यवसायिक पुष्प तथा फलफूल खेतीका लागि विशेष कार्यक्रम संचालन गर्ने नगर प्रमुख न्याैपानेले बताउनुभयो ।
नगरकाे पहाडी क्षेत्रमा मकै बालीकाे प्रवर्दन गर्ने,नगर भित्र उपयाेगमा नआएका तथा बाँझाे रहेका जग्गामा कृषि खेत प्रवर्द्धन गर्न युवा ,सहकारी तथा समूह लक्षित अनुदानका कार्यक्रम ल्याउने नगर प्रमुख न्याैपानेले बताउनुभयो ।

वन तथा पहाडी क्षेत्रमा अदुवा एवम् बेसार खेतीकाे प्रवर्द्धन गर्ने नगरकाे नीति रहेकाे उहाँले बताउनुभयो ।पशुपन्छीमा लाग्ने सुरुवा राेग तगा महामारी नियन्त्रणकाे लागि “देवचुली नगर ,पूर्ण पशुपन्छी खाेप युक्त नगर” बनाइने नगरले नीति लिएको छ।

Write your Comment