आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

बालबालिकाको लागि लगानी गर्न प्रतिबद्ध छौं: नगर प्रमुख न्यौपाने

    प्रकाशित २०८० अषाढ ७, बिहिबार (१० महिना अघि)


दिपक शर्मा,देवचुली। देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बालबालिकाको लागि लगानी गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ। बुधबार नगर बाल संजाल र वडा बाल संजालका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रममा नगर प्रमुखले सो कुराको उदघोष गर्नुभएको हो।

नेपालको दोस्रो बालमैत्री नगरमा बालबालिकाहरुले के के कुराको माग र खोजी गर्नुभयको छ भनि नगर प्रमुखले कुरा सुरु गर्दा बालबालिकाहरु आफ्नै घरको बुवाले सोधे जसरी नै सजिलै आफ्ना कुरा सुरु गरे ।बालबालिकाहरुले बाल बिवाह अझै पनि रहेको र पहिला जस्तो अभिभावकले गर्ने हैन कि आफै गर्ने हुनाले यसको रोकथामको लागि किशोर किशोरिलाई लक्षित अभियान सुरु गर्नुपर्ने उनीहरूले बताए ।

नगरमा केहि बालबालिकाहरु शिक्षा प्राप्ति गर्नमा समस्यामा रहेकोले नगरले सबैलाई अनिवार्य रूपमा शिक्षा निशुल्कको लागि पहल गर्न माग गरेका थिए।बालबालिका अध्ययन गर्ने विद्यालय वरिपरि र खुला रूपमा धूम्रपान र मधपान बिक्री वितरण भइरहेकाले सो रोकथामको लागि निति निर्माण गर्नुपर्ने बालबालिकाको आवाज रहेको थियो ।

करिब २ दर्जन जति प्रश्न लिएर नगर प्रमुख न्यौपानेले बालबालिकाको लगानी नगरको पहिलो प्राथमिकता रहेको र यसको लागि निरन्तर लागिरहने बताउनु भयो ।अशक्त, गरिब, अनाथ र सीमान्तकृत समुदायका बालबालिकाको लागि अघिल्लो वर्ष ४८ लाख बजेट विनियोजन गरि १२०० बालबालिकालाई पढ्न सहयोग गरेको बताउँदै त्यस्ता कार्यक्रमहरु अव आगामी बर्ष पनि निरन्तर गरिने बताउनु भयो ।


बालबालिकाको लागि आवश्यक खेलकुद, अतिरिक्त क्रियाकलाप, बालमैत्रीको दिगोपन, किशोरीहरुको शसक्तिकरणको लागि समेत निरन्तर लागिरहने र यसको लागि बेला बेलामा खबरदारी गर्न समेत बालबालिकालाई नगर प्रमुखले अनुरोध गर्नुभयो ।

कार्यक्रममा बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, नारायण पौडेल र बाल अधिकारकर्मिद्वय केबि राना र दिपक शर्माले सहजीकरण गर्नुभयको थियो ।नगर बाल संजालका अध्यक्ष आस्था अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संजालका सचिव सुरक्षा ज्ञवालीले गर्नुभएको थियो।

Write your Comment