आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

देवचुली १६ मा साईबर सुरक्षा तथा नेतृत्व विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

    प्रकाशित २०८० अषाढ २, शनिबार (१० महिना अघि)


देवचुली। देवचुली १६ मा साईबर सुरक्षा तथा नेतृत्व विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। वडा बाल संजाल देवचुली १६ को आयोजनामा देवचुली १६ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कार्यक्रम संचालन गर्ने गरि कार्यक्रम सुरु गरिएको हो।

कालिका केवल नेटवर्क,सिटिजन लाइफ इन्स्योरेन्स उप शाखा रजहर र धुसेरी सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा शुक्रबारदेखि ८ गतेसम्म विद्यालयहरुमा साइबर सुरक्षा तथा नेतृत्व विकास सम्बन्धि बिषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा बाल संजालका अध्यक्ष शिशिर आचार्यले जानकारी दिए।

वडा बाल संजाल देवचुली १६ का अध्यक्ष शिशिर आचार्यको अध्यक्षता शुक्रबार कुमारवर्ती आवासीय माध्यमिक विद्यालयमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल विरेन्द्र चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।त्यस्तै गरि कार्यक्रमम देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल ,देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम लगायत व्यक्तिहरुको उपस्थितिमा रहेको थियो।


कार्यक्रममा इलाका प्रहरी कार्यालय रजहरका प्रमुख शेर बहादुर थापा , एनसिसि प्रशिक्षक प्रकाश थापाले सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा १०५ जना विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। बाल संजालले असार ८ गतेसम्म देवचुली १६ का सबै विद्यालयमा पुगि कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका निर्माण गरेको छ।

Write your Comment