आज:  २०८१ कार्तिक २५, आईतबार | Sun, 10, Nov, 2024 Search
FLASH NEWS

नवलपुरको दुम्कौलीमा पानी पार्न भन्दै सामूहिक पूजापाठ

    प्रकाशित २०८० जेष्ठ २८, आईतबार (१ साल अघि)


विवेक भण्डारी,देवचुली ।लामो समयसम्म पानी नपरेपछि देवचुली नगरपालिकाको दुम्कौलीमा पानी पार्न भन्दै सामूहिक पूजापाठ गरिएको छ । देवचुली वडा नम्बर १ केउरेनी नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले इन्द्रको पूजा गरेका हुन् । असार लाग्नै लाग्दा पनि पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि स्थानीयले पानी पार्न भन्दै इन्द्रसँग प्राथना गरेका छन् ।

मन्दिर पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर स्थानीयले पानी मागेका हुन् । भगवान इन्द्रको पूूजा गरेमा पानी पर्ने जनविश्वासका साथ पूूजा गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले बताउनुुभयो । देशको अन्य स्थान भन्दा दुम्कौलीको तापक्रम बढेको कारण स्थानीयले धूमधामका साथ इन्द्रको पूजा गरिएको बताएका छन् ।

अन्य क्षेत्रको तुलनामा देवचुली नगरपालिकामा ४४ डिग्रिसम्म तापक्रम पुग्दा दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले लगाएको धान,तरकारी बाली सुक्ने अवस्था आएको छ । इन्द्र भगवानलाई खुसी पार्न भजनकिर्तन, होम, ब्राम्हणद्धारा पाठ परायण नै गरेर इन्द्र देवताको पुजा गरेको दिव्य धाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकाेटीले बताउनुभयो ।

Write your Comment