आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

देवचुलीका भुर्तेल भेटिएनन्, अवस्था बुझ्न नगर प्रमुखसहितको टोली सुनकोशीमा

    प्रकाशित २०८० जेष्ठ २४, बुधबार (१० महिना अघि)


देवचुली।देवचुली नगरपालिकाका नगर प्रमुखसहितको टोली मंगलबार सुनकोशीमा उद्धारको अवस्था बुझ्न पुगेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट शुक्रबार सीटीइभीटीको गाडी सुनकोशी नदीमा खसेको थियो । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका थिए ।


नदीमा डुबेको गाडी मंगलबार साँझ ६ बजेतिर फेला परेको छ । गाडी पूरै नदीमा डुबेको र निकाल्न नसकिएको कारण बेपत्ताको समेत पत्तो लागेको थिएन । चुम्बकको सहायताले गाडी फेला परेको हो । गाडीचालक कृष्णबहादुर चौधरी भने त्यसैसमय पौडिएर निस्किएको प्रहरीले जनाएको छ । गाडीमा सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल थिए । भुर्तेलबाहेक दुईजनाको शव गाडीमा भेटिएको प्रहरीले जनाएको छ । निर्देशक यमप्रसाद भुर्तेल देवचुली नगरपालिका बासी हुन् ।

उनीहरुको उद्धार प्रक्रियाको बारेमा नगर प्रमुख सहितको टोलीले स्थानीय, प्रहरी तथा खोजी कार्यमा खटिएका टोलीसँग बुझ्ने काम गरेको थियो । नगर प्रमुख हरिप्रसाद न्यौपानेले उद्धार कार्यका लागि स्थानीय समुदाय, प्रहरी तथा उद्धारकर्ताले निकै नै सहयोग गरेको पाएको बताए ।


नवलपुर क्षेत्र न २ का पुर्व प्रतिनिधि सभा सदस्य तिलक महत, नगर उपप्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, उपाध्यक्ष दुर्गा विष्ट, सचिव इन्द्रमणी भुसाल, नेकपा एमाले देवचुलीका उपाध्यक्ष भीमलाल तिवारीलगायतको टोलीले घटना स्थलमा पुगि परिवार,आफन्त,स्थानीय, प्रहरीलगायतसँग उद्धारको बारेमा बुझेको देवचुली नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

Write your Comment