आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

तिनपाटन गाउँपालिका स्तरीय बाल भेला सम्पन्न

    प्रकाशित २०८० जेष्ठ २१, आईतबार (१० महिना अघि)


सिन्धुली। तिनपाटन गाउँपालिका स्तरीय बाल भेला सम्पन्न भएको छ।तिनपाटन गाउँपालिकाको समन्वयमा पालिकास्तरीय बाल सन्जालको आयोजना तथा रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाल भेला सम्पन्न गरिएको हो।

गाउँपालिकास्तरीय बाल सन्जालको अध्यक्ष बिदुर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पालिका स्तरीय बाल अधिकार समिति संयोजक तथा वडा नम्बर १० का वडा अध्यक्ष पुण्यहरी भुजेलको प्रमुख आतिथ्यता रहेको थियो।त्यसै गरि तिनपाटन वडा नम्बर ९ र ११ का वडा अध्यक्षको विशेष आतिथ्यता साथै ११ वटै वडा बाल क्लब र सन्जालको सदस्यहरुको उपस्थितिमा भेला सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष भुजेलले आफुले बालमैत्री वडा घोषणा गर्दा भोगेको समस्या, बालबालिकाको भुमिकाको बारेमा बताउँदै बालमैत्री वडा घोषणाका अनुभवको बारेमा जानकारी गराउँदै सबै बालबालिकाहरुलाई हौसला प्रदान गर्नु भएको थियोे । उहाँले बाल भेला पालिकामा पहिलो पटक आयोजना भएर बालबालिकाको सहभागितामा विभिन्न विषयमा छ्लफल हुन पाएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो।गाउँपालिकाले बालबालिकाको आवाज पनि सुन्न थालेकोमा गाउँपालिका तथा रिलिफ नेपाल र वर्ल्ड्भिजनलाई धन्यवाद दिनु भएको थियो। तिनपाटन गाउँपालिकाका शाखा अधिकृत जितेन्द्र गिरीले बाल भेला महत्त्वपूर्ण रहेको बताउँदै आगामी वर्ष समेत यस्ता कार्यक्रमलाई पालिकाले आयोजना गर्ने बताउनुभयो ।

रिलिफ नेपालका शान्ती बरालले बाल भेला लाई सहजिकरण गर्नु भएको थियो।आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा प्रक्रिया अन्तर्गत बाल भेला भएको र भेलाबाट स्थानीय तहको योजना प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता हुने बरालले बताउनुभयो। बालबालिकाहरुले आफ्नो वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गर्न सक्ने, उनीहरुको आवाज सम्बन्धित तहको योजना प्रक्रियामा समावेश गरिने तथा स्थानीय तहको योजना तथा कार्यक्रमहरु बालबालिका केन्द्रित बनाउन सहयोग पुग्ने अपेक्षा राखी बाल भेला आयोजना गरिएको बरालले जानकारी गराउनुभयो।

बाल भेलाबाट आएका ८ वटा योजनाहरुलाई कार्यपालिकाबाट स्वीकृत गराई योजना लागू गर्ने उपस्थित वडा अध्यक्षले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। तिनपाटन गाउँपालिकाले २०८२ सम्म बालमैत्री पालिका बनाउने लक्ष्य राखेको छ।

Write your Comment