आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा महिलाहरुका लागि चुरापोते र झुम्का बनाउने तालिम सम्पन्न

    प्रकाशित २०८० जेष्ठ १८, बिहिबार (१० महिना अघि)


देवचुली। नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १ का महिलाहरुका लागि चुरापोते र झुम्का बनाउने तालिम सम्पन्न भएको छ। देवचुली नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग र भूमिका टेक्निकल सर्भिस प्रा. लि.को प्राविधिक सहयोगमा देवचुली वडा नम्बर १ का महिलाहरुलाई एक हप्ता संचालन भएको तालिम आज समापन गरिएको हो।


वडाका महिलाहरुलाई सीप तथा ज्ञानमा वृद्धी गरी स्वरोजगार बनाउनका लागि र उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि तालिम प्रदान गरिएको देवचुली नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।महिलाहरुका लागि तालिमका लागि वडा कार्यालयले एक लाख रुपैया विनियोजन गरेकोमा भूमिका टेक्निकल सर्भिस प्रा. लि.को प्राविधिक सहयोगमा एक हप्ताको चुरापोते र झुम्का बनाउने तालिम सम्पन्न गरिएको उहाँले बताउनुभयो ।सीप सिकेका महिलाहरुले सिकेको सीपलाई प्रयोग गरे /नगरेको वडा कार्यालयले अनुगमन गर्ने उहाँले बताउनुभयो ।

वडा अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता भएको तालिम समापन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले,नगरपालिकाका अधिकृत अविनाश पन्थी,वडा सदस्यहरु,वडा सचिव लगायतको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख हरि प्रसाद न्यौपानेले तालिममा सिकेको सीपहरुलाई व्यवहारमा उतारी व्यावसायिक रुपमा काम गर्नुपर्ने बताउनुभयो । सिकेका सीपहरुलाई आर्थिक आम्दानीको स्रोत बनाउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । महिलाहरुलाई सीपमूलक कार्यक्रमका लागि नगरपालिकाले सदैव सहयोग गर्ने समेत उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो।

देवचुली नगरपालिका वडा नम्बर १ का १५ जना महिलाहरुलाई ७ दिनसम्म चुरापोते र झुम्काका निर्माणका बारेमा तालिमको शान्ता पौडेलले सहजीकरण गर्नुभएको थियो ।

समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। सो कार्यक्रमको संचालन भूमिका टेक्निकल सर्भिस प्रा. लि.का दिपा अधिकारीले गर्नुभएको थियो।

Write your Comment