आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

आमाहरुलाई प्याड बनाउन सिकाउँदै छोरीहरु

    प्रकाशित २०८० जेष्ठ १४, आईतबार (१० महिना अघि)

कावासोती। कावासोती नगरपालिकामा छोरीहरुले आफ्नै आमाहरुलाई प्याड बनाउन सिकाउन थालेका छन् ।अन्तर्राष्ट्रिय महिनावारी सरसफाई दिवशको अवसर पारी कावासोती नगरपालिका वडा नम्बर ७ बोटे टोलका किशोरीहरुले आफ्नै आमाहरुलाई महिनावारी सरसफाईको महत्त्व र पुन प्रयोग योग्य प्याड बनाउन सिकाएका हुन् । किशोरी अभियन्ताहरु सवनम सुनार, एलिसा पन्थी, निर्जला बोटेले आफ्नै आमाहरुलाई प्याड बनाउन सिकाएका हुन् ।

जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्याण्ड सँगको साझेदारीमा कावासोती नगरपालिकामा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका किशोरीहरुले सो तालिम सन्चालन गरेको संस्थाका राधा बोटेले बताइन्।समाजमा अझै पनि महिनावारीको बारेमा खुलेर कुरा नगर्ने, महिनावारी हुँदा सरसफाइ नगर्ने र प्याडको समेत प्रयोग नगरी फोहोर कपडाहरु प्रयोग गरिरहने भएकोले आफ्नै अभिभावकहरुलाई सफा कपडाबाट सजिलो तरिकाले प्याड बनाउन सिकाएको किशोरी अभियन्ता सवनम सुनारले बताइन्।

वडाभित्रको पछाडी रहेको समुदाय स्तरमा महिनावारी सरसफाईको बारेमा जान्ने र प्याड आफैले निर्माण गर्दा बाहिरको महँगो प्याड समेत किन्न नपर्ने हुँदा पैसाको समेत बचत हुने किशोरी अभियन्ता निर्जला बोटेले बताइन् ।


कार्यक्रममा सहभागीहरुले तालिमबाट स्वस्थ रहनको लागि सरसफाई नियमित गर्ने र सफा कपडाहरुबाट प्याड आफैंले गराएर प्रयोग गर्ने सहभागी गङगा कुमारी बोटेले बताइन् ।

Write your Comment