आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा महिलाहरुका लागि चुरापोते र झुम्का बनाउने तालिम सुरु

    प्रकाशित २०८० जेष्ठ ११, बिहिबार (११ महिना अघि)


देवचुली। नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १ का महिलाहरुका लागि चुरापोते र झुम्का बनाउने तालिम सुरु भएको छ। देवचुली नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग र भूमिका टेक्निकल सर्भिस प्रा. लि.को प्राविधिक सहयोगमा देवचुली वडा नम्बर १ का महिलाहरुलाई एक हप्ताको तालिम प्रदान गर्न लागिएको हो।


वडाका महिलाहरुलाई सीप तथा ज्ञानमा वृद्धी गरी स्वरोजगार बनाउनका लागि र उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि तालिम प्रदान गरिएको देवचुली नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।महिलाहरुका लागि तालिमका लागि वडा कार्यालयले एक लाख रुपैया विनियोजन गरेकोमा भूमिका टेक्निकल सर्भिस प्रा. लि.को प्राविधिक सहयोगमा एक हप्ताको चुरापोते र झुम्का बनाउने तालिम सुरु गरिएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष केसीले तालिममा सिकेका सीपहरुलाई उपयोग गरी स्वरोजगार बन्ने सकिने हुँदा व्यावसायिक रुपमा काम गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो । देवचुली नगरपालिका वडा नम्बर १ का १५ जना महिलाहरुलाई ७ दिनसम्म चुरापोते र झुम्काका निर्माणका बारेमा तालिमको प्रशिक्षण शान्ता पौडेलले सहजीकरण गर्ने वडा सदस्य अजय थनेतले जानकारी दिनुभयो ।


देवचुली वडा नम्बर १ का वडा सदस्य संगिता रेगामी मगरको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रमा वडा अध्यक्ष कृष्णबहादुर केसीको प्रमुख आथित्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष होमनाथ पौडेलको विशेष आतिथ्यता वडा सदस्य अजय थनेत,उर्मिला बिक र विजय माझी,वडा सचिव रविन्द्र पौडेल,प्राविधिक दिपक आचार्य,टोल सुधार समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।

Write your Comment