आज:  २०८० मंसिर २३, शनिबार | Sat, 09, Dec, 2023 Search
FLASH NEWS

गैंडाको आक्रमणबाट देवचुलीमा १ जना घाइते

    प्रकाशित २०८० जेष्ठ ११, बिहिबार (६ महिना अघि)

राजु चापागाई,देवचुली । देवचुलीमा गैंडाको आक्रमणबाट १ जना पुरुष घाइते भएका छन् ।

घर नजिकै रहेको महाराजा सामुदायिक वनमा देवचुली नगरपालिका वडा न १० का अन्दाजी ५१ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई बिहान सवा ८ बजेतिर गैंडाले आक्रमण गरेको स्थानीयले बताए । देवचुली १० मा रहेको सिद्धबाबा ग्यास उद्योगको पछाडी रहेको वन क्षेत्रमा क्षेत्रीलाई गैंडालाई आक्रमण गरेको हो। क्षेत्रीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए।

केही दिन अघि देवचुली १० मा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। बारम्बार गैंडाको आतंक हुँदा समेत निकुञ्जमा नियन्त्रणको लागि अनुरोध गर्दा चासो नदिएको स्थानीयले बताए ।

Write your Comment