आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023 Search
FLASH NEWS

आजको मौसम : पहाडी भूभागमा चट्याङ सहित वर्षाको सम्भावना

    प्रकाशित २०८० जेष्ठ १०, बुधबार (६ महिना अघि)

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकोले आज पनि देशका धेरै स्थानमा बदलीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ। देशको पहाडी भूभागहरूका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

Write your Comment