आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

लामो दूरीका सवारी साधनको भाडा घट्यो

    प्रकाशित २०८० जेष्ठ ३, बुधबार (११ महिना अघि)


काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले लामो दुरीका सार्वजनिक यातायातको भाडा घटाएको छ । निगमले मंगलबार रातीदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रति लिटर दश रुपैयाँले घटाएको थियो ।

विभागले बुधबारदेखि लागू हुने गरी अन्तर-प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा ३ दशमलव २ प्रतिशतले घटाएको हो ।गत असारमा डिजेलको मूल्य १७२ रुपैयाँ पुग्दा कायम गरिएको भाडा मूल्य १७ रुपैयाँ घटेर १ सय ५५ रुपैयाँमा झरेपछि बल्ल ३ प्रतिशतले घटाइएको हो ।

पहाडी क्षेत्रमा मालबाहक सवारी साधनको भाडा ४ दशमलव १९ प्रतिशत र तराईमा ४ दशमलव ६५ प्रतिशतले घटाइएको छ । छोटो दूरीमा भने विभागले अझै पनि भाडा घटाएको छैन ।शहरी क्षेत्रमा चल्ने सार्वजनिक यातायातले अहिले पनि निर्धारित भन्दा बढी भाडा असुल्दै आएका छन् ।

Write your Comment