आज:  २०८० मंसिर १८, सोमबार | Mon, 04, Dec, 2023 Search
FLASH NEWS

बुलिङटार १ लाई जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषणा

    प्रकाशित २०८० जेष्ठ १, सोमबार (६ महिना अघि)

नवलपुर। नवलपुरको बुलिङटार गाउँपालिका वडा नं १ मा शनिबार जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषणा गरिएको छ । दलित जागरण अभियान क्षेत्र नं १ नवलपुरको आयोजना र बुलिङटार गाउँपालिका वडा नं १ को प्राविधिक सहयोगमा उक्त वडालाई छुवाछुत मुक्त वडा घोषणा गरिएको हो ।

छुवाछुत मुक्त वडा घोषणा गर्नका लागि सबै सुचकहरु पुरा गरि वडालाई छुवाछुत मुक्त वडा घोषणा गरिएको आयोजक संस्थाका संयोजकले बताए ।बुलिङटार गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिल बहादुर सूर्यवंशी, वडा सदस्य थमीसरा बि.क, राष्ट्रिय दलित जागरण अभियानका अध्यक्ष दधिराम परियार, आयोजक संस्थाका सचिव भिम बहादुर बि.क, स्थानीय धन माया श्रेष्ठ, शिक्षक लोक बहादुर रामदाम, देव राज बि.क आदिले यस प्रकारको अभियानलाई घोषणामा मात्रै सिमित नभई व्यवहारमा पनि कार्यान्वयन हुनुपर्ने बताएका थिए ।

Write your Comment