आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुली ९ मा मुढा बनाउने सीप विकास तालिम सम्पन्न

    प्रकाशित २०८० बैशाख २८, बिहिबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ मा मुढा बनाउने सीप विकास तालिम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा वडाका ३२ जना महिलाहरुलाई १५ दिनसम्म मुढा बनाउने तालिमको आज समापन गरिएको हो । वडाको आर्थिक वर्ष २०७९/०८० को महिला सशक्तीकरण अन्तरगत विनियोजित बजेटबाट तालिम संचालन गरिएको देवचुली नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटाले बताउनुभयो ।

देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता र उप प्रमुख पार्वता तिवारीको विशेष आतिथ्यता रहेको थियो ।

नगर प्रमुख हरिप्रसाद न्यौपानेले तालिममा सिकेको सीपलाई सही सदुपयोग गरि बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरि मुढाको निर्माण गर्न आवहान गर्नुभयो । महिलाहरुका लागि आगामी दिनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने समेत उहाँले बताउनुभयो । त्यस्तै देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले तालिमले महिलाहरुलाई उद्यमशील बन्नका लागि सहयोग पुग्ने बताउनुभयो । उद्यमशील भई घरायसी खर्च व्यवस्थापन गर्नका लागि तालिममा सिकेको सीपको प्रयोग गर्न उहाँले सहभागीलाई आग्रह गर्नुभयो ।

`पहिलो दिनमा सहभागी हुँदा मुढा बनाउन सकिदैन कि भन्ने लाग्थ्यो, अहिले आफैंले मुढा बनाउन सक्दा सुखी लागेको छ´ सहभागी बिनु गुरुङको भनाई छ। स्थानीय सहजकर्ता हुँदा अझ सिक्न सजिलो भएको गुरुङले बताउनुभयो । बैशाख १३ गतेबाट सुरु गरिएको तालिमको स्थानीय गुमीसरा सोतीले सहजीकरण गर्नुभएको थियो।तालिमको समापन कार्यक्रमको संचालन देवचुली नगरपालिका कार्यपालिका सदस्य मधुमाया गुरुङले संचालन गर्नुभएको थियो भने वडा सदस्य विष्णु खडकाले स्वागत मन्तव्य राख्नुभएको थियो।

Write your Comment