आज:  २०८० मंसिर १९, मंगलबार | Tue, 05, Dec, 2023 Search
FLASH NEWS

देवचुलीको घुमाउरी सामुदायिक वनमा मृत अवस्थामा चितुवा फेला

    प्रकाशित २०८० बैशाख २५, सोमबार (७ महिना अघि)

देवचुली।देवचुली नगरपालिका वडा नं ९ मा रहेको घुमाउरी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको छ । मृत अवस्थामा भेटिएको वयस्क भाले चितुवाको चारवटा खुट्टा काटिएको र बङ्गारा पनि काटिएको अवस्थामा फेला परेको हो ।

आइतबार दिउँसो २ बजे घुमाउरी वनमा चितुवा मृत देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए । खबर पश्चात निमित्त डिभिजन वन अधिकृत नवलपुरका शरदकुमार अधिकारीको नेतृत्वमा सब डिभिजन वन कार्यालय देवचुली बुलिङ्गटारका प्रमुख लिलाराज खकुरेल सहित १० जनाको टोली घटनास्थलमा अनुसन्धानका लागि पुगेका थिए ।

डिभिजन वन कार्यालय नवलपुरका अधिकृत अधिकारीका अनुसार चितुवाको प्रकृति हेर्दा तस्करी भएको आशंका गरिएको र थप अनुसन्धान भइरहेको जानकारी दिए।

Write your Comment