आज:  २०८१ भाद्र २६, बुधबार | Wed, 11, Sep, 2024 Search
FLASH NEWS

नवलपुरका सबै पालिकामा जनजाति महासंघको नयाँ समिति बन्ने

    प्रकाशित २०८० बैशाख १०, आईतबार (१ साल अघि)


नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको शनिबार बसेको बैठकले नवलपुरका सबै पालिकाहरुमा जनजाति महासंघको नयाँ समिति बनाउने निर्णय गरेको छ ।नवलपुरमा ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका छ । ति मध्ये ७ वटा पालिकामा यस अघि पालिका स्तरीय समन्वय समिति गठन भएको र हुप्सेकोटमा नयाँ गठन गर्नु पर्ने रहेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ नवलपुरका सबै पालिकामा पालिका स्तरीय समन्वय समिति गठन गरिने निर्णय भएको बताए । अधिकांश पालिकाका समितिको म्याद सकिएकोले नयाँ समिति गठन गर्ने तयारी गरेको हो । यसैबीच मध्यविन्दु नगरपालिकामा बैशाख १८ गते नगर अधिवेशनको तयारी गरिएको छ ।

त्यसैगरी बैठकले नमुना सदरमुकाम निर्माण स्थलमा रहेको जनजाति महासंघको संग्राहालय निर्माण स्थलबाट प्रहरी प्रशासनले बल प्रयोग गरेर टहरा भत्काउने र टहरा निर्माणमा प्रयोग गरेको सामग्री लगेकोले उक्त सामग्री तत्काल फिर्ता गर्न माग गरेको छ । बैठकले उक्त स्थलमा नेवार, गुरुङ, मगर, भुजेल लगायतका समुदायले निर्माण गरेको गुठी, गुम्बा, मठमन्दिर लगायतका स्थलहरु सोही ठाउँमा राखिनु पर्ने माग समेत गरेको छ ।

त्यसैगरी आगामी साउन २४ गते विश्व आदिवासी जनजाति दिवस नवलपुरको कावासोतीमा भव्य रुपमा मनाउने निर्णय समेत गरेको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

Write your Comment