आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

    प्रकाशित २०७९ चैत्र २१, मंगलबार (१ साल अघि)


नवलपुर । देवचुली नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।इन्सेक गण्डकी प्रदेशको आयोजना तथा देवचुली मानव अधिकार समुहको समन्वयमा देवचुली ११ को वडा कार्यालयमा सो कार्याशाला सम्पन्न भएको हो।


देवचुली मानवअधिकार समूहका अध्यक्ष कृष्णबहादुर बिकले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरण अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।मानव अधिकार समुहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण तथा जातिय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गर्ने बिकले बताउनुभयो ।

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दुर्गा विष्टले विद्यालयस्तरमा जंक फुड खानबाट सचेत गराउने अभियान संचालन गर्नुपर्ने बताउनुभयो ।देवचुली नगरपालिकामा फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको विष्टले बताउनुभयो ।


आगामी दिनमा जलवायु परिवर्तनको विकराल अवस्था आउने संकेत देखिएकाले विद्यार्थीहरुलाई वातावरण संरक्षण सम्बन्धि सचेतना प्रवाह गर्नुपर्ने देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेले बताउनुभयो । देवचुली नगरपालिकाले विद्यालयमा जंक फुड रोकथामका लागि पहल गरिरहेको बताउँदै उहाँले देवचुली नगरपालिकालाई वातावरणमैत्री पालिका बनाउन योजना निर्माणका क्रममा रहेको भनाई व्यक्त गर्नुभयो । देवचुली नगरपालिकामा ४० वटा सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यालयस्तरीय वातावरण संरक्षण सम्बन्धि सचेतना कार्यक्रम संचालनका लागि कार्यपालिकामा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कार्यशालामा दिपक शर्माले वातावरण संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

देवचुली मानव अधिकार समुहका अध्यक्ष कृष्णबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिका प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा सदस्यहरु,विभिन्न टोल विकास संस्था, महिला समूह, शिक्षक, विद्यार्थी, क्लब तथा बाल समूहका सदस्यको सहभागिता रहेको थियो ।

Write your Comment