आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकामा इन्धनको मुख्य स्रोत एलपी ग्यास : जनगणना २०७८

    प्रकाशित २०७९ चैत्र ११, शनिबार (१ साल अघि)


दीपक शर्मा,देवचुली । देवचुली नगरपालिकामा इन्धनको मुख्य स्रोत एलपी ग्यास रहेको पाईएको छ। देवचुली नगरपालिकामा रहेका कुल १४४९३ घरधुरी मध्ये ८०.२ प्रतिशतले एलपी ग्यास प्रयोग गर्ने गरेको जनगणना २०७८ को विस्तृत प्रतिवेदनबाट थाहा हुन आएको छ । देवचुलीमा ११६३० परिवारले मुख्य ईन्धनको स्रोतको रुपमा एलपी ग्यास प्रयोग गर्ने गरेको पाईएको हो ।

प्रतिवेदन अनुसार देवचुलीमा अन्य ईन्धनको स्रोतहरुमा १८.६ प्रतिशतले दाउरा, ०.१ प्रतिशतले बिजुलीबाट, बायो ग्यास १ प्रतिशत घरपरिवारले गर्ने गरेको तथ्याँक सार्वजनिक भएको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनगणनाको विस्तृत प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।हिजो सार्वजनिक भएको प्रतिवेदनका अनुसार देवचुली नगरपालिकामा २७३३६ पुरुष र ३०६६७ महिला गरि ५८००३ जनसंख्या रहेको छ।

Write your Comment