आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

आदिवासी जनजाति महासंघ नवलपुरको अध्यक्षमा रामकुमार श्रेष्ठ

    प्रकाशित २०७९ चैत्र ११, शनिबार (१ साल अघि)


नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार कावासोतीमा भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको छठौं जिल्ला अधिवेशनले रामकुमार श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा टेकबहादुर गाहा, रिमबहादुर दराई, देवनारायण महतो सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी सचिवमा मदन कुमाल, कोषाध्यक्षमा सुकराम माझी, सदस्यहरुमा विष्णुबहादुर तामाङ्ग, जुनामाया बोटे लगायत सर्वसम्मत निर्वाचित भएका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष विमल सारु मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, विभिन्न जातिय संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी शुक्रबार नै भएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको तेस्रो अधिवेशनले ज्योति दराई मगरको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति चयन गरेको छ । आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङ्गको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन देवीसरा पुलामी मगर र इन्द्र फाल मगरको सञ्चालनमा भएको थियो । अधिवेशनको उद्घाटन पूर्व कावासोतीको फलफूल चोकदेखि कार्यक्रम स्थल पुन समाजको हलसम्म र्याली समेत निकालिएको थियो ।

Write your Comment