आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

गैंडाको आक्रमणबाट देवचुलीमा १ जनाको मृत्युु

    प्रकाशित २०७९ चैत्र ८, बुधबार (१ साल अघि)


देवचुली । देवचुलीमा गैंडाको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।

महाराजा सामुदायिक वनमा घाँस काट्न हिडेकी देवचुली नगरपालिका वडा न १० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीय दरिमा थापा मगरलाई दिउँसो २ बजेतिर आक्रमण गरेको स्थानीयले बताए । पृथ्वीनगर खेलमैदानबाट घाँसे मैदानमा जाने क्रममा गैंडाको आक्रमण गरेको थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको देवचुली १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए।

देवचुली ९ र १० मा बारम्बार गैंडाले बाली क्षति गरिरहेको र स्थानीयद्वारा निकुञ्जमा नियन्त्रणको अनुरोध गर्दा चासो नदिएको स्थानीयले बताए ।

Write your Comment