आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

प्रथम वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगिता :देवचुली १३ र देवचुली १७ विजयी

    प्रकाशित २०७९ फागुन २१, आईतबार (१ साल अघि)


देवचुली। देवचुली वडा नम्बर १३ मा संचालित प्रथम वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगितामा देवचुली १३ र देवचुली १७ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।


देवचुली नगरपालिका वडा नम्बर १३ को आयोजना तथा देवचुली युवा क्लबको सह आयोजना र देवचुली नगर खेलकुद विकास समिति समन्वयमा दलदले खेल मैदानमा प्रतियोगिता संचालन भएको हो। प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा देवचुली १७ ले देवचुली ९ लाई ७-० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो खेलमा देवचुली १७ का प्रकाश हमाल म्यान अफ दि म्याच घोषित भएका छन् ।

त्यसै गरि आज नै भएको दोस्रो खेलमा देवचुली १३ ले देवचुली २ लाई ३-० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो।सो खेलमा देवचुली १३ का आनन्द भुर्तेल म्यान अफ दी म्याच घोषित भएक छन् ।


प्रतियोगिताको बिजेता टिमले नगद रु ३० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद रु २० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सबै भन्दा बढी गोल गर्ने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।

Write your Comment