आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

नवलपुरमा प्रथम वडास्तरीय खुला आई टि एफ तेक्वान्दो प्रतियोगिता सम्पन्न

    प्रकाशित २०७९ फागुन १४, आईतबार (१ साल अघि)


नवलपुर। नवलपुरको कावासोतीमा प्रथम वडास्तरीय खुला आई टि एफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । नवलपुर तेक्वान्दो संघ (आई टि एफ) को आयोजनामा कावासोती नगरपालिका वार्ड न. १२ को प्रायोजन तथा पिठौली चौर विकास समिति र डायमण्ड युथ सोसाइटीको सहकार्यमा कावासोती १२ पिठौलीमा प्रतियोगिता सम्पन्न भएको हो। शुक्रबार र शनिबार आयोजना गरिएको प्रतियोगिताका सम्पुर्ण खेलहरु शुक्रबार नै सकिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा डेढगाउँ तेक्वान्दो दोजाङ्गले सर्वाधिक ४ स्वर्ण पदक सहित प्रथम नवजागरण तेक्वान्दो दोजाङ्गले ३ स्वर्ण पदक सहित दोश्रो भएका थिए। त्यस्तै पिठाेैली तेक्वान्दो दोजाङ्ग र अमरापुरी तेक्वान्दो दोजाङ्गले २/२ स्वर्ण पदक भएता पनि अमरापुरी तेक्वान्दो दोजाङ्गले ३ रजत पदक र पिठाैली तेक्वान्दो दोजाङ्गले ४ रजत पदकमा बिजेता भएकोले पिठाैली तेक्वान्दो दोजाङ्ग तेस्रो भएको थियो । ४५-५० के.जी. मा नवजागरण तेक्वान्दो दोजाङ्गका सेजल श्रेष्ठ महिला उत्कृष्ट खेलाडी र २५-३० के.जी मा पिठाैली तेक्वान्दो दोजाङ्गका सुशान्त घले पुरुष उत्कृष्ट खेलाडी हुन सफल भएका थिए । प्रतियोगितामा जिल्ला भरिका १७ दोजाङ्गको सहभागिता रहेको थियो।

प्रतियोगिताको नवलपुर जिल्ला तेक्वान्दो संघ (आई टि एफ) का अध्यक्ष वीर कुँवरको अध्यक्षतामा भएको प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि प्रतियोगितामा कावासोती नगरपालिका वडा नम्बर १२ का ध्रुव खनाल(दिपेश), कावासोती वडा नम्बर १३ का अध्यक्ष ,आयोजक तथा सहकार्य गर्ने संस्थाका प्रतिनिधि,अभिभावक, खेलप्रेमी तथा १५० जना खेलाडीहरुको सहभागिता थियो ।

Write your Comment