आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

बुटवल-पाल्पा सडक दैनिक ८ घण्टा बन्द हुने

    प्रकाशित २०७९ फागुन १०, बुधबार (१ साल अघि)


बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सुरुङमार्ग निर्माण गर्नका निमित्त सिद्धबाबा क्षेत्रको रामापिथेकस पार्क नजिकै डाइभर्सन निर्माण गर्नका लागि राजमार्ग बन्द गर्न लागिएको हो ।

वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए। दिनरात गरेर फागुन १३ गतेदेखि १५ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुनेछ ।

सडक बन्द भएपछि अति आवश्यक पर्ने सवारी साधन, साना, हलुका गाडीलाई वैकल्पिक मार्गको रुपमा दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नतिपश्चात राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय भएको छ ।

सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले रु ७ अर्ब ३४ करोड २१ लाख रकममा सुरुङमार्गको ठेक्का पाएसँगै काम सुरु गरेको छ ।

Write your Comment