आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा जननिर्वाचित प्रतिनिधिहरुका लागि अभिमुखीकरण सम्पन्न

    प्रकाशित २०७९ फागुन २, मंगलबार (१ साल अघि)


देवचुली । देवचुलीमा जननिर्वाचित प्रतिनिधिहरुका लागि काम,कर्तव्य र जिम्मेवारी विषयक अभिमुखीकरण सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको सह आयोजनामा माघ २९ गतेदेखि आज मंगलबारसम्म ३ दिन तालिम संचालन भएको हो ।


तीनदिन सम्म संचालन भएको तालिममा स्थानीय आर्थिक विकास र उद्यमशीलता,सकारात्मक सोच तथा जीवन शैली,नेतृत्व सीप विकास,वडा सदस्यको काम,कर्तव्य र भूमिका,सूचनाको हकमा जनप्रतिनिधिको पहुँच र वडाबाट गरिने सिफारिसका किसिम र प्रक्रिया ,स्थानीय तहको राजश्व अधिकार,महिला सदस्यको भूमिका विषयक वृत्तचित्र ,वडा तहको बजेट तथा योजना तर्जुमा, कार्यान्वयन र अनुगमन,प्रस्तुतीकरण सीप,बैठक संचालन निर्णय प्रक्रिया र माईन्यूट लेखन,लैंगिक हिंसा र यसको न्यूनीकरणमा जनप्रतिनिधिको भूमिका लगायतको विषयमा सहजीकरण गरिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताउनुभयो ।

तालिमको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख कुमारप्रसाद दाहाल ,स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका हरिकृष्ण कोइराला ,दुर्गा सुवेदी ,गंगा पौडेल ,जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले सहजीकरण गर्नुभएको थियो ।


तालिमको समापन कार्यक्रममा सहभागीको तर्फबाट फूलमाया बिक र हेमराज भण्डारीले तीनदिनसम्म आफुहरुको काम, कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्ट भएको बताउनुभयो ।देवचुली नगरपालिकामा जनप्रतिनिधिहरुका लागि तीन दिनसम्म विविध विषयहरुमा संचालित तालिमहरुले वडा तथा नगरको काममा सहज हुने देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले बताउनुभयो । नगरपालिकाले जनप्रतिनिधिहरुका लागि तालिम संचालनका लागि आवश्यक बजेट विनियोजन गरेको समेत उहाँले बताउनुभयो ।

तालिमबाट हासिल भएका ज्ञानहरुलाई सदुपयोग गरि समुन्नत नगरपालिका बनाउनका लागि तीन दिनसम्म महत्त्वपूर्ण विषयमा अभिमुखीकरण भएको देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । नगरको विकासको लागि प्रत्येक वर्ष साझा नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताउँदै तालिममा सिकेका कुराहरु स्थानीय सरकार संचालन सहयोग पुग्ने नगर प्रमुख न्यौपानेको भनाई छ।


तालिममा देवचुली नगरपालिकाका वडा अध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Write your Comment