आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

पत्रकारसँग आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशको अन्तरक्रिया

    प्रकाशित २०७९ फागुन २, मंगलबार (१ साल अघि)


पोखरा।आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।पोखराका अग्रज तथा क्रियाशिल पत्रकारहरुसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले आज (मंगलबार) अन्तरक्रिया गरेका हुन् ।उनले सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफु मिडियामैत्री रहेको बताए ।

उनले मिडिया विधेयक पारित गर्ने सन्दर्भमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने धारणा राखे । ‘मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौं, उनले भने, ‘मन्त्रालयको सचिव, सम्बन्धित विषयका कर्मचारीहरुसँग आवश्यक छलफल गरेर यहाँहरुको समस्या सम्बोधन गर्ने कुरामा म सकरात्मक छु । त्यसैले यहाँहरुको राय अनुसार नै अघि बढ्नेछु ।’

मन्त्री गाहामगरले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेको बताउँदै मन्त्रिपरिषद्को निर्णय २४ घण्टामा सार्वजनिक गर्न भनिएपनि त्यो भन्दा अगावै सार्वजनिक गर्ने सुनाए । यसैगरि उनले भर्खरै मात्र मन्त्रालय सम्हालेको बताउदै मन्त्रालय समायोजन र कर्मचारी व्यवस्थापनमा लागिरहेको बताए । ‘दुइवटा मन्त्रालय समायोजन भएको छ । र कर्मचारीको व्यवस्थापन पनि भइरहेको छ । त्यसैले केही दिनमै यी कामहरु सकिन्छ । त्यसपछि नीतिगत रुपमा कामहरु अगाडी बढ्नेछ ।’ मन्त्री गाहामगरले भने ।
उनले फरक प्रसंगमा बोल्दै मन्त्रालयले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तवरले वितरण गर्नेसमेत बताए । उनले आगामी दिनमासमेत पत्रकारहरुसँग समन्वय र सहकार्य गर्दै सकरात्मक काममा अघि बढ्ने धारणा राखेका थिए ।

सो अन्तरक्रिया कार्यक्रममा मन्त्रालयले हालसम्म गरेका गतिविधिको फेयरिस्तसमेत सार्वजनिक गरेको थियो । कानून मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले सो कार्यक्रमको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत खुबीराम पोख्रेलले गरेका थिए ।

Write your Comment